टीओआर टुंग्याउने जिम्मा शीर्ष नेतालाई

हिमाल प्रेस १२ जेठ २०८१ १९:२३ | Saturday, May 25, 2024
टीओआर टुंग्याउने जिम्मा शीर्ष नेतालाई फाइल तस्बिर

काठमाडौँ- सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने जिम्मेवारी कार्यदलको बैठकले शीर्ष नेतालाई दिएको छ।

आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले टीओआर टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो।

रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको सकारात्मक छलफल भएको कार्यदलका सदस्य एव‌ं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए।

‘यसअघिका बैठकहरू भन्दा धेरै नै अगाडि बढेर सहमतिको नजिक पुगेका छौं। हामी टुंगोमा पुगिसकेका छैनौं। बालुवाटारमा शीर्ष नेताहरूसँग बस्नेछौं। छलफलमा भएका कुराहरू शीर्ष दलका नेताहरूसँग राख्छौं,’ उनले भने।

कार्यदलमा गिरीसहित नेपाली कांग्रेसका नेताहरू जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन्।

गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको दाबी गर्दै कांग्रेसले संसद् बैठक लगातार अवरोध गर्दै आएको छ।

प्रकाशित: १२ जेठ २०८१ १९:२३ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast