टीओआरमा सहमति खोज्न शीर्ष नेताको बैठक बस्दै

हिमाल प्रेस १४ जेठ २०८१ ७:४६ | Monday, May 27, 2024
टीओआरमा सहमति खोज्न शीर्ष नेताको बैठक बस्दै बालुवाटारमा आइतबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ- सहकारी ठगी छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति खोज्न आज शीर्ष नेतृत्वको बैठक बस्ने भएको छ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

हिजो बस्न नसकेको शीर्ष नेताको बैठक आज बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुनेछन्।

कार्यदलमा अहिलेसम्म भएका सहमति र टुंग्याउन बाँकी रहेका विषयमा शीर्ष नेतृत्वले सहमति खोज्ने बताइएको छ। यसअघि बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो। नेपाली कांग्रेसले भने कम्पनीको नाम भन्दा पनि व्यक्तिको नाम किटान गर्नु पर्ने बताउदै आएको छ।

कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ।

सत्तापक्षले भने नाम उल्लेख गर्न नमानेपछि संसदीय छानबिन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन। जसका कारण नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ। यही माग गर्दै कांग्रेसले हिजो काठमाडौँमा विरोध प्रदर्शन समेत गरेको थियो।

प्रकाशित: १४ जेठ २०८१ ७:४६ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast