जापानी संस्कृति ‘याकिशिमे’ प्रदर्शनी [फोटो फिचर]

सुस्मिता बजगाईं ३० वैशाख २०८१ १६:१७ | Sunday, May 12, 2024
जापानी संस्कृति ‘याकिशिमे’ प्रदर्शनी [फोटो फिचर]

काठमाडौँ- पानीपोखरीस्थित जापानी दूतावासको हलमा वैशाख २८ देखि ‘याकिशिमेः अर्थ मेटामोर्फोसिस’ नामक यात्रा प्रदर्शनी चलिरहेको छ।

याकिशिमे अर्थात् माटोबाट बनाइएको विभिन्न प्रकारका जापानीज संस्कृतिसँग सम्बन्धित भाँडाहरु। याकिशिमेका सामानहरु बनाउन उच्च तापक्रमको आवश्यक पर्छ। प्रदर्शनीमा चौथो/पाँचौं शताब्दीदेखि हालसम्म बनाइएकाे ८२ ओटा याकाशिमेका सामग्रीहरु राखिएको छ।

परम्परागत जापानीज सिरेमिकहरू, माटोको भाँडा, जार, चियाको भाँडाहरु छ। जसलाई चियाको सामानको रुपमा, कलाको रुपमा, ओशेकु र याकाशिमे गरी तीन भागमा छुट्याइएको छ। यसले जापानको परम्परागत संस्कृतिलाई झल्काएको छ।

जापानी दूतावासले नेपालमा पहिलोपटक याकाशिमे प्रर्दशनी गरेको हो। आगामी जेठ १७ सम्म चल्ने प्रदर्शनीमा प्रवेश निः शुल्क छ।

जापानी दूतावास र जापान फाउन्डेसनले आयोजना गरेको प्रदर्शनी प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म खुल्ला रहनेछ।

तस्बिरहरु

 

प्रकाशित: ३० वैशाख २०८१ १६:१७ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast