काठमाडौँ– जापानी दूतावासले दैलेखको ठाँटीकाँध गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरेको छ। उक्त विद्यालय भवन जापान सरकारको एक करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको हो। ६ दशकअघि स्थापित उक्त विद्यालयमा हाल ३६७ जना विद्यार्थी अध्ययनरत छन्।
बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालय पालिकाकै चर्चित विद्यालय हो। भौतिक पूर्वाधारका कारण विद्यार्थीले राम्ररी पढ्न पाएका थिएनन्।
भवन निर्माणपछि विद्यालयको शैक्षिक विकासमा मद्दत पुग्ने विश्वास जापानी दूतावासले लिएको छ।
प्रकाशित: ४ जेठ २०८१ १६:४५ | Friday, May 17, 2024
प्रतिक्रिया



