काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजेदेखि ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा हुने प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
आज बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुनेछ।
जसपा नेपालको केन्द्रीय समिति बैठक सोमबार पनि बसेको थियो। आजको बैठकमा नेताहरूले धारणा राख्ने क्रम पनि जारी हुनेछ।
प्रकाशित: १ जेठ २०८१ ९:५५ | Tuesday, May 14, 2024
प्रतिक्रिया





