जसपाका ७ सांसदले विश्वासको मत दिन नपाउने मागसहित सर्वोच्च पुगे उपेन्द्र

हिमाल प्रेस ६ जेठ २०८१ १७:४९ | Sunday, May 19, 2024
जसपाका ७ सांसदले विश्वासको मत दिन नपाउने मागसहित सर्वोच्च पुगे उपेन्द्र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रक्रियामा जनता समाजवादी पार्टीका ७ सांसदलाई बन्देज लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

अध्यक्ष ‍‍यादवले विभाजित भई बनेको अशोककुमार राई नेतृत्वको जसपाका ७ सांसदविरुद्ध आइतबार रिट दायर गरेका हुन्। अध्यक्ष यादवको तर्फबाट आइतबार अधिवक्ता जयशंकर झाले रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

रिट निवेदनमा प्रधानमन्त्रीको विश्वासको मत लिँने मतदानमा ७ सांसदलाई सहभागी नगराउन माग गरिएको छ। रिटमाथि सोमबारलाई पेसी तोकिएको छ।

यसअघि जसपा नेपालले पार्टी विभाजनविरुद्ध पनि रिट दायर गरेको छ। उक्त रिटमा गत जेठ २ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जसपा नेपाल र जसपालाई जेठ ८ गते उपस्थित हुन आदेश गरिसकेको छ।

तर त्यसअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेपछि जसपा नेपाल सर्वोच्च पुगेको हो। प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वास मतको प्रस्ताव लिने तयारी गरेका छन्। जसपा नेपालबाट विभाजित भएर वैशाख २३ गते राई नेतृत्वमा नयाँ दल दर्ता भएको थियो। निर्वाचन आयोगले नवगठित जसपालाई वैशाख २४ गते दर्ता गरेको थियो।

प्रकाशित: ६ जेठ २०८१ १७:४९ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast