जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस १० जेठ २०८१ १९:१३ | Thursday, May 23, 2024
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा- जिल्ला प्रहरी कार्यालय, कास्कीले जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-३, धारापानीका ३७ वर्षीय विपीन भन्ने केशव सुनार हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा १, नौडाँडाबाट पक्राउ गरेको हो।

२०७९ माघ १० मा कास्की जिल्ला अदालतले उनलाई जबर्जस्ती करणी मुद्दामा ११ महिना ८ दिन कैद तथा १५ हजार जरिवाना सजाय सुनाएको थियो। तर सजाय भुक्तान गर्न बाँकी रही उनी करिब १३ महिनासम्म फरार थिए। प्रहरीले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित: १० जेठ २०८१ १९:१३ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast