जनकपुरका मेयर सिरोहिया तत्काल रिहा गर्नुपर्ने मागसहित अदालत अगाडि बसे धर्ना

हिमाल प्रेस ११ जेठ २०८१ १२:२४ | Friday, May 24, 2024
जनकपुरका मेयर सिरोहिया तत्काल रिहा गर्नुपर्ने मागसहित अदालत अगाडि बसे धर्ना धर्नामा बसेका मेयर मनोजकुमार सााह।

काठमाडौँ- जनकपुरधामका मेयर मनोजकुमार साह नागरिकता दुरुपयोग मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा धर्ना बसेका छन्।

मेयर साहले जिल्ला अदालत धनुषा अगाडि सिरोहियाको पक्षमा धर्नामा बसेका हुन्। केही स्थानीयसँगै धर्ना बसेका उनले सिरोहियालाई बिनाशर्त साधारण तारेखमा छाड्न माग गरेका छन्।

उनले नागरिकता नम्बर फरक हुनु सिरोहियाको नभई प्रशासनको गल्ती रहेको पनि बताएका छन्। साहले सिरोहिया नेपाली नागरिक रहेको दाबी पनि गरे।

साथै उनले राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप पनि लगाए। उनले राज्यले विभेदपूर्ण ढंगले सिरोहियामाथि चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो। आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत ल्याएको छ।

प्रकाशित: ११ जेठ २०८१ १२:२४ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast