छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस

हिमाल प्रेस ५ जेठ २०८१ १०:४१ | Saturday, May 18, 2024
छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस रमेश लेखक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले यस विषयमा फेरि थप छलफल गर्ने कुराकारी भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको चाहना रहेको छ ।’

आधा घण्टा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक र नेता कृष्णप्रसाद सिटौला तथा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा सहभागी थिए ।

प्रकाशित: ५ जेठ २०८१ १०:४१ | Saturday, May 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast