छानबिन समिति नबने संसद्को काम अघि बढ्दैन : गगन थापा

हिमाल प्रेस ६ जेठ २०८१ २१:२१ | Sunday, May 19, 2024
छानबिन समिति नबने संसद्को काम अघि बढ्दैन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अघि नबढ्ने बताएका छन्।

संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै सोमबार बिहान ११ बजेअघि समिति गठन नभए संसद् नचल्ने बताएका हुन्।

‘भोलि (सोमबार) बिहान ११ बजे संसद् बैठक छ, त्यसअघि संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो त्यो उद्देश्यका लागि समिति बन्ने गरी सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री तयार भएर आउनु हुन्छ भन्ने विश्वास पनि राख्छु,’ उनले भने।

त्यसका आधारमा संसद्को कामकारबाही अघि बढ्ने नत्र नबढ्ने उनले चेतावनी पनि दिए। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित: ६ जेठ २०८१ २१:२१ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast