छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु, होला सहमति?

हिमाल प्रेस १० जेठ २०८१ १५:५३ | Thursday, May 23, 2024
छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु, होला सहमति? फाइल तस्बिर

काठमाडौं- सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। कानुन मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जानकारी दिए।

यसअघि आ–आफ्नै अडानका कारण निष्कर्ष निस्किन नसके पनि आजको बैठकले ठोस निष्कर्ष निकाल्ने तयारी रहेको उनले बताए। ‘बैठक सुरु भएको छ। हामी सहमतिको प्रयासमा छौँ। आजको बैठकले निष्कर्ष निकाल्छ भन्नेमा विश्वस्त छौँ,’ खनालले भने।

यसअघिका बैठकमा सबै कार्यदलमा सहभागी सबै नेताहरूले आ–आफ्नो अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको थियो।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको अडानपछि समिति बनाउने सहमति जुटेको हो। तर त्यसको क्षेत्राधिकारमा कुरा नमिल्दा कार्यदल छलफलमै अल्झिएको छ।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठन गरिएको कार्यदलमा एमालेका तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका तर्फबाट शिशिर खनाल र कांग्रेसका तर्फबाट सांसद जीवनबहादुर परियार रहेका छन्।

शनिबार कार्यदल गठन भए पनि क्षेत्राधिकारभित्र गृहमन्त्रीको नाम राख्ने वा नराख्ने भन्नेमा पक्ष विपक्षी देखिएपछि बैठक निष्कर्षविहिन बनिरहेको छ।

यता प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको विषयलाई लिएर निरन्तर संसद् अवरोध गरिरहेको छ। भने कांग्रेसले त्यसको विरुद्ध आन्दोलनको समेत तयारी गरेको छ।

प्रकाशित: १० जेठ २०८१ १५:५३ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast