‘चुनाव जित्दैनन् भनेर महिलालाई समानुपातिकमा राख्नु सामन्ती चिन्तन हो’

हिमाल प्रेस १६ जेठ २०८१ १६:५२ | Wednesday, May 29, 2024
‘चुनाव जित्दैनन् भनेर महिलालाई समानुपातिकमा राख्नु सामन्ती चिन्तन हो’

काठमाडौँ- एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले चुनाव जित्न सक्दैनन् भनेर समानुपातिकमा राख्नु पनि सामन्ती र पितृसत्तात्मक चिन्तन भएको बताएकी छिन्। प्रत्येक्ष निर्वाचनमा महिलालाई उम्मेदवार नबनाउँदा महिला नेतालाई जनताले चिन्नै छाडेको उनको टिप्पणी छ।

‘महिलाले चुनाव लड्न सक्दैनन्, जित्न सक्दैनन् भनेर समानुपातिक जति महिला बनाउन थालिएको छ,’ महिला अधिकार दिवसको अवसरमा एमालेले राखेको राष्ट्रिय महिला सम्मेलनमा शाक्यले भनिन्, ‘यो पनि सामन्ती र पितृसत्तात्मक चिन्तन हो।’

राजनीतिमा लागेका महिला असुरक्षित रहेकोप्रति पनि उनले चिन्ता व्यक्त गरिन्। भूमिगत कालमा कम्युनिस्ट पार्टीभित्र महिला सुरक्षित रहेको स्मरण गर्दै सुरक्षित वातावरणले मात्र महिला नेतृत्व विकास हुने उनले बताइन्। शाक्यले भनिन्,‘जबसम्म महिला सुरक्षित हुँदैनन्, तबसम्म महिलाको नेतृत्व विकास हुँदैन।’

प्रकाशित: १६ जेठ २०८१ १६:५२ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast