चिप्स उद्योगलाई प्रोत्साहन गर्न दक्षिण कोरियाले घाेषणा गर्‍याे १९ अर्ब डलरकाे याेजना

हिमाल प्रेस १० जेठ २०८१ १३:१६ | Thursday, May 23, 2024
चिप्स उद्योगलाई प्रोत्साहन गर्न दक्षिण कोरियाले घाेषणा गर्‍याे १९ अर्ब डलरकाे याेजना

सियोल- दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ। राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्त्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गरेका हुन्।

दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने ख्यातिप्राप्त कम्पनीहरू रहेका छन्। दक्षिण कोरियाले गत वर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलरको निजी लगानी प्रयोग गरेर विश्वको सबैभन्दा ठूलो चिप्स सेन्टर निर्माण गर्ने प्रतिज्ञा गरेको थियो।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ कार्यक्रमबारे राष्ट्रपति युनले भने,‘हामीले २६ ट्रिलियन कोरियन वोन बराबरको सेमीकन्डक्टर उद्योगको लागि एक व्यापक सहयोग कार्यक्रम बनाएका छौँ। यसमा वित्तीय, पूर्वाधार, अनुसन्धान र विकास, साथै साना र मझौला आकारका कम्पनीहरूको लागि सहयोग समावेश छ।’

यो प्याकेजमा यसै महिनाको सुरुमा घोषणा गरिएको सात अर्ब अमेरिकी डलर लगानी पनि समावेश छ। युनले सियोलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने आशामा चिप लगानीका लागि कर लाभ विस्तार गर्ने पनि बताए। कार्यक्रम अनुसार सियोलको बाहिर भागमा ‘मेगा चिप्स क्लस्टर’ पनि निर्माण गरिरहेको छ। कोरिया सरकारले यो विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर बनाउने उद्योग हुने र लाखौं रोजगारी सिर्जना गर्ने दाबी गरेको छ ।‍

युनले भने,‘तपाईंहरू सबैलाई थाहा छ,सेमीकन्डक्टर उत्पादन राष्ट्रिय विकासका लागि अवसर र चुनौतीको क्षेत्र हो। यसले अर्थतन्त्र र समाजलाई सशक्त बनाउँदै यसले कोरियाली आवश्यकता अनुसार पूर्णतया हतियार निर्माणका समग्री र हतियार निर्माणमा पनि सहयोग गर्नेछ।’

प्रकाशित: १० जेठ २०८१ १३:१६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast