चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको अनुमान

हिमाल प्रेस १५ जेठ २०८१ १५:५० | Tuesday, May 28, 2024

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने अनुमान गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ८७ प्रतिशत बजेट मात्र खर्च हुने अनुमान गरेका हुन्। उनले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको भन्दै १५ खर्ब ३० अर्ब खर्च हुने अनुमान गरे।

उनले चालु आर्थिक वर्षमा चालुतर्फ १० खर्ब ६७ अर्ब, पुँजीगततर्फ २ खर्ब १५ अर्ब र वित्तीय व्यवस्थातर्फ पुँजीगतभन्दा बढी अर्थात् २ खर्ब ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको बताए। चालुतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च हुने लक्ष्य राखेको थियो।

चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको उनले बताए। सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको अर्थमन्त्री पुनले बताए।

प्रकाशित: १५ जेठ २०८१ १५:५० | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast