घरेलु मदिरालाई निर्यात गर्ने सरकारको नीति

हिमाल प्रेस १ जेठ २०८१ १६:०७ | Tuesday, May 14, 2024
घरेलु मदिरालाई निर्यात गर्ने सरकारको नीति नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले घरेलु मदिरालाई निर्यात गर्ने नीति लिने भएको छ। संघीय संसद्‌मा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुराको जानकारी गराएका हुन्।

‘घरेलु मदिरको गुणस्तर पहिचान गरी नियन्त्रित उत्पादन तथा ब्रान्डिड गरी निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने। उनले रैथाने उत्पानलाई जोड दिने पनि बताए।

त्यस्तै सरकारले विद्युतीय प्रणालीबाट सुरक्षित रूपमा वैदेशिक मुद्रा भुक्तानी हुने व्यवस्था मिलाउने भएको छ। त्यसका लागि अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआबद्धता कायम गरिने राष्ट्रपति पौडेलले बताए।

प्रकाशित: १ जेठ २०८१ १६:०७ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast