घट्यो सुनको भाउ, कतिमा भइरहेकाे छ काराेबार?

हिमाल प्रेस १० जेठ २०८१ ११:३९ | Thursday, May 23, 2024
घट्यो सुनको भाउ, कतिमा भइरहेकाे छ काराेबार?

काठमाडाैँ-  नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ।

हिजाे छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो।

प्रकाशित: १० जेठ २०८१ ११:३९ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast