घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १७ जेठ २०८१ १६:०० | Thursday, May 30, 2024
घट्यो नेप्से परिसूचक

काठमाडौँ- साताको कारोबारको दोस्रो दिन पनि सेयर बजार परिसूचक (नेप्से) मा १९.८९ अंक गिरावट भएको छ। बजेटको भोलिपल्ट बुधबार २३ अंक माथिले घटेको नेप्से बिहीबार थप १९.८९ अंकले घट्दै २ हजार ६९.५३ बिन्दु झरेको हो।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९० अंकले घट्दै ३७०.१९ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदै ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज फाइनान्स, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन्। म्यानु एण्ड प्रो समूहको उपसूचक १.२३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक ०.४९ प्रतिशतले र फाइनान्स समूह ०.१५ प्रतिशतले बढेको छ।

आज तीन वटा कम्पनी नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सले १० प्रतिशतले मूल्य गुमाएको छ।

प्रकाशित: १७ जेठ २०८१ १६:०० | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast