गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति बनाउन प्रतिपक्षी एक ठाउँ उभिए

हिमाल प्रेस ४ जेठ २०८१ १२:५५ | Friday, May 17, 2024
गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति बनाउन प्रतिपक्षी एक ठाउँ उभिए प्रतिपक्षी दलको बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आह्वान गरेको प्रतिपक्षी दलहरूको बैठक सकिएको छ। बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरू सहभागी थिए।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा प्रतिपक्षी दलहरू एकजुट भएको प्रतिक्रिया दिए।

नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो। तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ।

अब संसदीय समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ। यही विषयमा बिहीबार संसदमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो।

त्यस्तै बिहीबारको घटनाका सम्बन्धमा प्रतिपक्षीहरूले सभामुखको ध्यानाकर्षण गराउने भएका छन्। प्रतिपक्षी दलहरूको बैठक सकिएसँगै प्रमुख सचेतकहरू सभामुखलाई भेट्न गएका छन्।

प्रकाशित: ४ जेठ २०८१ १२:५५ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast