गृहमन्त्रीको नाम उल्लेख नगरी छानबिन समिति बन्छ : महेश बर्तौला

हिमाल प्रेस १२ जेठ २०८१ १४:०८ | Saturday, May 25, 2024
गृहमन्त्रीको नाम उल्लेख नगरी छानबिन समिति बन्छ : महेश बर्तौला महेश बर्तौला /फाइल तस्बिर

काठमाडौँ- विवादित विषयमा छलफल गरेर संसदीय गतिरोध अन्त्य गर्ने राजनीतिक दलका नेताहरूले बताएका छन्। पछिल्लो समय सत्तारुढ र प्रतिपक्षबीच चलिरहेको समस्या समाधान गर्न छलफल भइरहेको नेताहरूले जनाएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भए पनि समितिको कार्यदेशबारे टुंगो नलाग्दा गतिरोध कायम छ।

आज हुने कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति सरकारले लिएको कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

प्रमुख दलका शीर्षनेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा शुक्रबार भएको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि कार्यदलमा पनि सहमति हुने संकेत मिलेको हो।

प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अनियमिततामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विगतमा जोडिएको सन्दर्भमा उनको नाम उल्लेख नगरी उनी जोडिएका सहकारीका नाम उल्लेख गरेर छानबिनको कार्यादेश निर्धारण गर्न प्रमुख प्रतिपक्षी दल लचिलो भएको जनाए।

प्रकाशित: १२ जेठ २०८१ १४:०८ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast