गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा दोहोरिए

हिमाल प्रेस १८ जेठ २०८१ १३:०२ | Friday, May 31, 2024
गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा दोहोरिए

पोखरा- गण्डकीका मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा दाेहाेरिएका छन्। संविधान धारा (६) (२) बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिसबमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अघिल्लो कार्यकालमा पनि उनी मुख्य न्यायाधिवक्ता थिए। एमालेका खगराज अधिकारी आइसकेपछि उनले लमजुङका कृष्ण अधिकारी नियुक्त गरेका थिए।

म्याग्दीको बेनी नगरपालिकाका-१० का स्थायी बासिन्दा शर्मा म्याग्दी जिल्ला बार एशाेसिएशनका पूर्वअध्यक्ष हुन्। कानुन क्षेत्रमा उनको लामो अनुभव छ।

प्रकाशित: १८ जेठ २०८१ १३:०२ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast