गगनलाई लक्षित गर्दै रविले भने : देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि बाहिर पठाऔँ

हिमाल प्रेस ६ जेठ २०८१ १९:३७ | Sunday, May 19, 2024
गगनलाई लक्षित गर्दै रविले भने : देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि बाहिर पठाऔँ रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्नेहरूलाई पनि बाहिर पठाउनुपर्ने बताएका छन्। संसद् बैठकमा बोल्दै उनले भने, ‘दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसद्बाट हटाऔं। जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस्।’

उनले सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाउनुपर्ने बताएका हुन्।

‘१५ वर्षदेखि संसद्को लास्ट सिटदेखि फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का होस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन,’ उनले भने, ‘आफैँ सरकारमा बसेर यसलाई बाहिर पठाउ, उसलाई बाहिर पठाउ भन्नुको साटो प्रमाण जुटाएर कारबाही गर्ने आँट गरेको भए हुन्थ्यो। अप्रमााणित हल्ला र मिडिया ट्रायललाई बोकेर संसद्लाई लेक्चर दिने काम गर्नुभयो।’

प्रकाशित: ६ जेठ २०८१ १९:३७ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast