खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : बुबासँग लिएको २० लाख ऋण, सेयर बजारमा करोड बढी लगानी

हिमाल प्रेस ८ जेठ २०८१ १६:२५ | Tuesday, May 21, 2024
खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : बुबासँग लिएको २० लाख ऋण, सेयर बजारमा करोड बढी लगानी विराजभक्त श्रेष्ठ।

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘सेयर मार्केट’मा एक करोड बढी लगानी गरेका छन्। उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ। जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन्। २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन्।

हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ। उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन्। बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ।

प्रकाशित: ८ जेठ २०८१ १६:२५ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast