‘खजुरे ब्रो’ प्रदर्शन

हिमाल प्रेस २८ वैशाख २०८१ १०:४७ | Friday, May 10, 2024
‘खजुरे ब्रो’ प्रदर्शन

काठमाडौँ- सुरज सुनुवारको निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ शुक्रबारबाट (आज) बिहानदेखि देशैभर प्रदर्शन भइरहेको छ।

फिल्ममा दुई व्यक्तिको मित्रता, सहकारीका बचतकर्ताबाट लुटिएको धन लुकाउने संघर्ष र पैसाको कारण पति-पत्निबीच आउने उतारचढाव प्रस्तुत गरिएको छ। यसै फिल्मबाट पूर्वमिस इन्टरनेशनल नेपाल नीति शाहले डेब्यू गरेकी छन्।

फिल्म कुनै समय धरानमा निकै चर्चित मानिएका खजुरे अर्थात् अनिल सिंहको जीवनकथामा आधारित छ। उनको भने केही वर्षअघि निधन भइसकेको छ। खजुरेको भूमिकामा कलाकार रेयर राई छन्।

कमेडी ड्रामा जनरामा बनेको फिल्ममा रेयर र नीतिसहित महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापामगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राईलगायत कलाकारको अभिनय छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोजसँगको सहकार्यमा फिल्म बनेको छ। फिल्मका निर्माता नवीन मानन्धर तथा निर्देशक सुनुवार हुन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन्।

योसँगै हलमा नेपाली फिल्म ‘मनसरा’, बोक्सीको घर’ र ‘महाजात्रा’, चलिरहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ १०:४७ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast