कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारी, एमालेलाई अर्थसहित ५ मन्त्रालय

हिमाल प्रेस ३ जेठ २०८१ ८:३७ | Thursday, May 16, 2024
कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारी, एमालेलाई अर्थसहित ५ मन्त्रालय

इटहरी- कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ।

वैशाख २७ गतेमात्रै मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

सोही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको स्रोतले जनाएको छ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित पाँच मन्त्रालय लिने र माओवादीले भौतिक पूर्वाधार मन्त्रालयसहित तीन मन्त्रालय पाउनेगरी भागबण्डा मिलेको स्रोतले जनाएको छ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलमा समावेश भएकाहरूलाई नै पुनः मन्त्रिपरिषद्‍मा पठाउने माओवादीको तयारी रहेको जनाइएको छ।

मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रतिक्रिया दिएका थिए।

संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा कार्कीलाई नियुक्त गरिएको थियो। हिक्मतलाई मुख्यमन्त्री नियुक्त गरेसँगै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइको मिति तोकिएको छ।

प्रकाशित: ३ जेठ २०८१ ८:३७ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast