कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, एकीकृत समाजवादीले नदिने

हिमाल प्रेस ३१ वैशाख २०८१ ७:३० | Monday, May 13, 2024
कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, एकीकृत समाजवादीले नदिने हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ।
एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएको छ।

हिक्मतले असंवैधानिक तरिकाले सरकार निर्माण गरेको आरोप लगाउँदै विश्वासको मत नदिने भएको हो।

यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन्। कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।

प्रकाशित: ३१ वैशाख २०८१ ७:३० | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast