सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीताको पक्षमा छ

हिमाल प्रेस ९ जेठ २०८१ १३:१० | Wednesday, May 22, 2024
सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीताको पक्षमा छ कैलाश सिरोहिया

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे अमेरिकाले पनि चासो जनाएको छ। आज बुधबार काठमाडौँस्थित अमेरिकी दूतावासले एक प्रेस नोट जारी गर्दै यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

दूतावासले कान्तिपुर तथा सिरोहियाको नाम कतै उल्लेख नगरी घुमाउरो शैलीमा प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिताको विषयमा बोलेको हो। सिरोहियालाई मंगलबार नागरिकतासम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले मंगलबार साँझ कान्तिपुर मिडिया ग्रुपस्थित कार्यकक्षबाटै पक्राउ गरी जकपुर पुर्‍याइसकेको छ। प्रहरीले उनलाई म्याद थपका लागि अदालत पेस गरिसकेको छ।

यो घटनामा दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ।’

प्रकाशित: ९ जेठ २०८१ १३:१० | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast