कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको आपत्ति

हिमाल प्रेस १० जेठ २०८१ १४:१३ | Thursday, May 23, 2024
कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको आपत्ति कैलाश सिरोहिया

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाकाे पक्राउप्रति निजी क्षेत्रका तीनवटै छाता संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

आफू‌माथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानविनमा सघाउने प्रतिवद्धता जनाउदा पनि सिरोहियालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको भन्दै नीजी क्षेत्रले समेत गम्भीरतापूर्वक लिएको छ।

कुनै पनि विषयमा उजुरी परेको भरमा कार्यकक्षमै पुगेर पक्राउ गर्ने कार्यले नकरात्मक सन्देश दिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उजुरीकै भरमा उद्योगी व्यवसायी जो कोहीलाई थुनिहाल्ने नभएर उनीहरूका कुरा सुनिदिनुपर्ने निजी क्षेत्रको ठहर छ। विज्ञप्तिमा यस्ता कार्यले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल घट्नेतर्फ राज्य सचेत हुनुपर्ने उल्लेख गरिएको छ।

प्रहरीले अध्यक्ष सिरोहियालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको थियाे। जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई पक्राउ गरेको थियाे।

प्रकाशित: १० जेठ २०८१ १४:१३ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast