कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमाल प्रेस ९ जेठ २०८१ १५:३२ | Wednesday, May 22, 2024
कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति कैलाश सिरोहिया

काठमाडौँ- दोहोरो नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रहरीले पाँच दिनको म्याद मागेर पेस गरे पनि धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखेरअनुसन्धान गर्न अनुमति दिएको हो।

मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट पक्राउ परेका सिरोहियालाई मंगलबार नै जनकपुर लगिएको थियो। उनलाई प्रहरीले आज बुधबार अदालतमा पेस गरेको थियो।

उनका कानुन व्यवसायीले सिरोहिया भागी कतै जाने अवस्था नभएको, प्रमाण नग्ट गर्ने सम्भावना नरहेको दाबीसहित हिरासत नराखी अनुसन्धान अघि बढाउने आदेश माग गरे अदालतले पहिलोपटक तीन दिन हिरासतमै बस्न आदेश दिएको छ। साथै सिरोहियाका कानुन व्यवसायीहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पूर्वाग्रहपूर्ण सञ्चारगृहभित्रबाट धरपकड गरेको जिकिसर पनि गरेका थिए।

प्रकाशित: ९ जेठ २०८१ १५:३२ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast