अन्योलमा संसद्‍ बैठक, कार्यव्यवस्था र कार्यदल बैठक नै प्रभावित

हिमाल प्रेस ७ जेठ २०८१ १०:५९ | Monday, May 20, 2024
अन्योलमा संसद्‍ बैठक,  कार्यव्यवस्था र कार्यदल बैठक नै प्रभावित

काठमाडौँ- संसद् बैठकभन्दा अगाडि बोलाइएको संसदीय कार्य व्यवस्था बैठक प्रतिनिधि नआउँदा प्रभावित बनेको छ।

आज प्रतिनिधिसभाबाट विश्वासको मत लिन सभामुख देवराज घिमिरेले संसद् बैठकअगाडि कार्य व्यवस्था बैठक बोलाएका थिए। तर सोही बैठक हालसम्म बस्न सकेको छैन।

यस्तै संसद् अघि सहमति गर्ने भनिएको सहकारी ठगी प्रकरण गर्न बसेको कार्यदल बैठक पनि हालसम्म बस्न सकेको छैन। दुवै बैठकमा कांग्रेसका प्रतिनिधि अनुपस्थित छन्। अहिले बानेश्वरको ल्होत्से भवनमा कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ।

प्रतिनिधिसभा बैठकबारे निर्णय लिन सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

तर बैठकको कार्यभार (टीओरआर)मा समस्या आउँदा सहमति हुन सकेको छैन।

प्रतिपक्षी कांग्रेसले टीओआरमा गृहमन्त्रीको नाम राख्न माग गर्दै आएको छ। तर सत्तारुढ दल व्यक्तिको नाम किटान गरेर टीओआर बनाउन नमिल्ने अडानमा छ।

दुवै समिति बैठक प्रभावित बन्दा संसद् बैठक अन्योलमा छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ।

प्रकाशित: ७ जेठ २०८१ १०:५९ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast