कार्यदलले टुंग्यायो समितिकाे कार्यादेश, प्रधानमन्त्रीलाई बुझाइँदै

हिमाल प्रेस १५ जेठ २०८१ १३:४९ | Tuesday, May 28, 2024
कार्यदलले टुंग्यायो समितिकाे कार्यादेश, प्रधानमन्त्रीलाई बुझाइँदै फाइल तस्बिर

काठमाडौँ– सहकारीको बचत रकम अपचलन प्रकरणमा बनाइने संसदीय छानबिन समितिको कार्यादलले समितिको कार्यदेश टुंगिएको छ। कार्यदलको बैठकले चारबुँदे सहमति गरेर कार्यदेश पनि टुंग्याएको हो।

कार्यदलका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालका अनुसार कार्यदल अहिले सहमति बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेको छ।

संसदीय छानबिन समितिमा सात सदस्यीय रहने जनाइएको छ।

कुन दलबाट कति जना सदस्य ?

नेकपा एमाले दुई जना
नेकपा माओवादी केन्द्र एक जना
राष्ट्रिय स्वतन्त्र पार्टी एक जना

नेपाली कांग्रेस दुई जना
राप्रपा एक जना

प्रकाशित: १५ जेठ २०८१ १३:४९ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast