काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा एक युवकको शव भेटियो

हिमाल प्रेस २८ वैशाख २०८१ १२:०३ | Friday, May 10, 2024
काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा एक युवकको शव भेटियो

काठमाडौँ- काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक युवकको शव भेटिएको छ। पाँचखाल नगरपालिका- ४ फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जंगलकम हत्या गरेर जलाएको अवस्थामा झण्डै २५ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव भने सडिसकेको छ। शवको पहिचान हुन नसकेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार शुक्रबार बिहानै इन्स्पेक्टरको कमान्डमा घटनास्थलमा अनुसन्धान भइरहेको छ। अहिले श्रेष्ठ पनि त्यता जाँदैछन्। अनुसन्धानका लागि कुकुर पनि लगिएको छ।

युवकलाई मुख र छात्तीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको जस्तो देखिएको उनको भनाइ छ।

प्रकाशित: २८ वैशाख २०८१ १२:०३ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast