प्रतीकात्मक तस्बिर।
काठमाडौँ- काठमाडौँको शङ्खपार्कमा एक जना पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
‘आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ,’ शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले भने।
प्रकाशित: २४ वैशाख २०८१ १८:५७
प्रतिक्रिया


