कांग्रेस अहिले सरकारमा जाँदैन : निधि

हिमाल प्रेस १७ जेठ २०८१ १३:५२ | Thursday, May 30, 2024
कांग्रेस अहिले सरकारमा जाँदैन :  निधि

चितवन- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन्।

यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरूपमा निर्वाह गर्ने बताए।

‘कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ। हामी पार्टीलाई संगठन शुद्धीकरण अभियानमा लैजाने तयारीमा छौँ’, नेता निधिले भने। संसदीय प्रणालीमा लोकतान्त्रीक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उनको भनाइ छ।

फरक प्रसंगमा नेता निधिले संविधानमा मध्यावधि निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे। ‘मुलुक मध्यावधि निर्वाचनमा जाने स्थिति देखिएको छैन’, उनले भने।

मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो।

यसबारे विषयमा छलफल सकारात्मकरूपमा भइरहेको उनले जानकारी दिए। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उनले बताए।

प्रकाशित: १७ जेठ २०८१ १३:५२ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast