कांग्रेसले भन्यो : प्रचण्डलाई प्रधानमन्त्री बनाउन पत्र दिएकै हो, लामिछानेलाई हैन

हिमाल प्रेस २६ वैशाख २०८१ १५:२२
कांग्रेसले भन्यो : प्रचण्डलाई प्रधानमन्त्री बनाउन पत्र दिएकै हो, लामिछानेलाई हैन रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अफर नगरिएको दाबी फेरि पनि दोहोर्‍याएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल (प्रचण्ड)बाहेक अन्यलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका हुन्।

‘पुुष्पकमल दाहाल ‘प्रचण्ड’जीलाई प्रधानमन्त्री एसेप्ट गरेकै हो। उहाँलाई चिठी भन्नुहुन्छ कि के भन्नुहुन्छ लेखेर दिएकै हो,’ उनले भने, ‘त्यसपछि हामीले अर्कोलाई अहिलेसम्म दिइसकेका छैनौँ। आफैँ लिने भन्ने पनि अहिलेसम्म कुरा भइसकेको छैन।’

यसअघि रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर गरिएको चर्चा थियो।

प्रकाशित: २६ वैशाख २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast