कांग्रेसले बोलायो आकस्मिक संसदीय दलको बैठक, पत्रकार सम्मेलन पनि आजै

हिमाल प्रेस ७ जेठ २०८१ १४:०९ | Monday, May 20, 2024
कांग्रेसले बोलायो आकस्मिक संसदीय दलको बैठक, पत्रकार सम्मेलन पनि आजै

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक संसदीय दल बैठक आह्वान गरेको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार अहिले नै बस्ने गरी संसदीय दल बैठक बोलाइएको हो।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ। त्यसपछि ल्होत्से हलमै पत्रकार सम्मेलन गरिने कांग्रेसले जनाएको छ। कांग्रेसले सोमबारको प्रतिनिधिसभामा पनि संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ र नाराबाजी गरेको थियो।

कांग्रेससहित प्रतिपक्षी दलहरूको विरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मत लिएका छन्। प्रधानमन्त्रीलाई १५७ जना सांसदले विश्वास मत दिएका छन्।

प्रधानमन्त्रीले विश्वास मत लिँदा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाले उभिएर विरोध गरेका थिए। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसको अवरोधका कारण उता राष्ट्रियसभा बैठक स्थगित भइसकेको छ।

प्रकाशित: ७ जेठ २०८१ १४:०९ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast