कांग्रेसले अडान नछाड्दा संसद् बैठक सुरु हुनै सकेन

हिमाल प्रेस २८ वैशाख २०८१ १५:२७ | Friday, May 10, 2024
कांग्रेसले अडान नछाड्दा संसद् बैठक सुरु हुनै सकेन प्रतिनिधिसभा बैठक कक्ष

काठमाडौँ- प्रतिनिधिसभाको बजेट अधिवेशन आज दिउँसो २ बजेदेखि बस्ने भनिए पनि अझै सुरु हुन सकेको छैन। नेपाली कांग्रेसले आफ्नो अडान नछोड्दा संसद् बैठक बस्न नसकेको हो। कांग्रेसको अडानसँगै सभामुख देवराज घिमिरेले दुई चरणमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेन। कांग्रेस सहकारी ठगीका विषयलाई गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्दै आएको छ।

सभामुखसँगको छलफलमा कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने अडान राख्यो। कांग्रेसले शीर्ष नेताहरु बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति भने सहमति जनाएन।

सहमति नजुटेपछि सबै दलका प्रमुख सचेतक, सचेतक अहिले आफ्ना शीर्ष नेतासँग छलफलका लागि निस्किएका छन्। केहीबेरमा फेरि प्रमुख सचेतक, सचेतकसँग सभामुखले छलफल गर्नेछन्। त्यसपछिमात्रै बल्ल कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ र संसद् बैठक सुरु हुनेछ। सहमति नजुटे संसद् बैठक बस्दै नबसी स्थगित हुनेछ।

प्रकाशित: २८ वैशाख २०८१ १५:२७ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast