कांग्रेसको व्यवसायी विकास विभागमा १० सदस्य मनोनीत

हिमाल प्रेस १८ जेठ २०८१ १८:०८ | Friday, May 31, 2024
कांग्रेसको व्यवसायी विकास विभागमा १० सदस्य मनोनीत कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्य मनोनयन गरेका छन्। शुक्रबार सभापति देउवाले पार्टी विधानको धारा २५ (९) १० जनालाई उक्त विभागको सदस्यमा मनोनित गरेका हुन्।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुखमा गत भदै १५ मा पार्टी केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) मनोनित भएकी थिइन्। विभागीय जिम्मेवारी पाएको १० महिनापछि सभापति देउवाले १० जना सदस्य मनोनित गरेका हुन्।

सदस्यमा मनोनित हुनेमा खगेन्द्र आचार्य, विश्वामित्र रिजाल, अशोककुमार साह, मुकेश गुप्ता, रवि सापकोटा, रामकृष्ण ढुंगेल, विपिन राई, उपेन्द्र जोशी, वसन्त जोशी, र लक्ष्मी कार्की रहेका छन्।

प्रकाशित: १८ जेठ २०८१ १८:०८ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast