कांग्रेसको नाराबाजीका बीच आर्थिक सर्वेक्षणमाथि छलफल [फोटो फिचर]

दिपेश श्रेष्ठ १३ जेठ २०८१ १२:४९ | Sunday, May 26, 2024
कांग्रेसको नाराबाजीका बीच आर्थिक सर्वेक्षणमाथि छलफल [फोटो फिचर]

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ। नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले सदनको कार्यसूची अघि बढाएका हुन्।

सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेका छन्। सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाएका छन्।

उनले प्रतिपक्षीको तर्फबाट बोल्ने राप्रपाका ज्ञानेन्द्र शाहीलाई दिएका थिए। प्रमुख प्रतिपक्षी दलका सांसदले बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।

सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेस गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दै वेल घेराउ गरेको हो। अहिले पनि प्रतिपक्षीले नाराबाजी गरिरहेका छन्।

अहिले नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। छलफलमा सत्तापक्षका सांसद सहभागी छन् भने प्रतिपक्षी सांसद नाराबाजीमा उत्रिएका छन्।

प्रकाशित: १३ जेठ २०८१ १२:४९ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast