कांग्रेसको घेरा तोडेर रोस्टम पुगे प्रधानमन्त्री

हिमाल प्रेस ७ जेठ २०८१ १२:१७ | Monday, May 20, 2024
कांग्रेसको घेरा तोडेर रोस्टम पुगे प्रधानमन्त्री प्रधानमन्त्री दाहाल

काठमाडौँ- १५ मिनेट स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु गरे लगत्तै प्रतिपक्षी नेपाली कांग्रेसले फेरि अवरुद्ध गरेको छ। का‌ग्रेस सा‌ंसदले वेल घेराउ गरेका छन्।

सभामुखले विश्वासको मत लिन अनुरोध गर्दै  प्रधानमन्त्रीलाई रोस्टममा बोलाएका थिए। उनी विपक्षीको घेरा नाघेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोस्टममा पुगेका थिए।

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई  प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याउन निर्देशन दिएका थिए।

 

प्रकाशित: ७ जेठ २०८१ १२:१७ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast