कसले चुम्ला आईपीएलको उपाधि?

हिमाल प्रेस १३ जेठ २०८१ १०:१८ | Sunday, May 26, 2024
कसले चुम्ला आईपीएलको उपाधि?

काठमाडौँ- १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधि भिडन्त आज (आइतबार) हुँदैछ।

उपाधिका लागि चेन्नईको एमए चिदम्बरम (चेपौक) स्टेडियममा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स भिड्दैछन्।

यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ। यसअघिका समूह चरणका पछिल्ला खेलमा दुवैको लय उत्कृष्ट छ। तर प्लेअफ चरणमा कोलकाता हैदराबादमाथि हाबी भएको थियो।

शुक्रबार भएको अन्तिम क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै उपाधि होडमा पुगेको हो।

गत मंगलबार पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको थियो।

तेश्रो पटक उपाधिको दाउमा रहेको कोलकाताले दोश्रो पटक उपाधि दाउमा रहेको सनराइजरसँग भिड्दैछ।

कोलकताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ। उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो।

हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको थियो ।

प्रकाशित: १३ जेठ २०८१ १०:१८ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast