‘कमेडी दरबार’ को टिजर सार्वजनिक

हिमाल प्रेस १५ जेठ २०८१ १२:४६ | Tuesday, May 28, 2024
‘कमेडी दरबार’ को टिजर सार्वजनिक

काठमाडौँ-  कमेडी रियालिटी सो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ।

एक मिनेट ३२ सेकेन्डको टिजरमा अभिनेत्री गौरी मल्ल, अभिनेता विजय बराल, हाँस्य कलाकार हिमेश पन्त, पवन खतिवडा, मोडल पबित्रा शाकी (मिस पबि)लगायत देख्न सकिन्छ।

कमेडी दरबारमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा छिन्। सो मा अन्य कलाकार अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, हाँस्य कलाकार उत्सव सापकोटा, सुन्दर खनाललगायतको प्रस्तुति रहनेछ।

सो आगामी असार १४ देखि प्रसारण हुनेछ। ‘कमेडी दरबार’ साताको शुक्रबार राती ९ बजे प्राइभ टाइम टेलिभिजन र ओएसआर डिजिटलमा प्रसारण गरिनेछ।

सो को निर्देशन कमेडियन विक्की अग्रवाल र उनकी पत्नि श्रद्धा प्रसाईले गरेका छन्।

यस्तो छ टिजर

प्रकाशित: १५ जेठ २०८१ १२:४६ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast