एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, २ घाइते

हिमाल प्रेस ६ जेठ २०८१ ७:४४ | Sunday, May 19, 2024
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, २ घाइते

लुम्बिनी- बुटवलमा आइतबार बिहान भएको दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट बुटवल-११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो।

अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेसले बिहान ५ बजे बुटवल-१३ झोलुंगे पुल नजिकै ठक्कर दिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटनामा २ महिला घाइते भएका छन्।

एम्बुलेन्सको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकहरूले बिहान ५ः३१ बजे मृत घोषणा गरेका थिए।

यसैगरी उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठडराइ घाइते भएका छन्। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रकाशित: ६ जेठ २०८१ ७:४४ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast