एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली

हिमाल प्रेस ७ जेठ २०८१ ९:०१ | Monday, May 20, 2024
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली

बाजुरा- नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले २१८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २०३ मत पाए।

उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले २७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले १२० मत पाए। सचिवमा विजयी काशीबहादुर विकले २४१ पाउँदा प्रत्यासी जनक विष्टले १७१ मत पाए।

उपसचिव खुलामा विजयी हरिबहादुर रोकायाले २७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले ११५ मत तथा उपसचिव महिलामा विजयी राजकला सार्कीले २७७ मत पाउँदा प्रत्यासी कल्पना महतले १२६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिएका छन्।

यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा ४३९ जना प्रतिनिधि थिए। जसमा ४२५ मत खसेको थियो। पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ। रासस

प्रकाशित: ७ जेठ २०८१ ९:०१ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast