एमालेले भन्यो : कांग्रेसले छानबिन समितिको बाहनामा सरकार माग्यो

हिमाल प्रेस ७ जेठ २०८१ १६:२३ | Monday, May 20, 2024
एमालेले भन्यो : कांग्रेसले छानबिन समितिको बाहनामा सरकार माग्यो महेश बर्तौला /फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको आरोप लगाएका हुन्। उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताए।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको बताए। उनले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पारे। उनले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन प्रमुख प्रतिपक्षी दलसँग संवाद कायम राखिने पनि बताए।

प्रकाशित: ७ जेठ २०८१ १६:२३ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast