एमालेको आरोप : कांग्रेसले संसदीय समितिको नाम सरकार नै मागिरहेको छ, सम्भव छैन

हिमाल प्रेस ३० वैशाख २०८१ १६:३५ | Sunday, May 12, 2024
एमालेको आरोप : कांग्रेसले संसदीय समितिको नाम सरकार नै मागिरहेको छ, सम्भव छैन महेश बर्तौला /फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसदीय समितिका नाममा सरकार मागेको टिप्पणी गरेका छन्। आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको बैठकपछि उनले कांग्रेसको माग सम्बोधन नहुने बताए।

‘उहाँहरूले समिति माग गर्नुभएको होइन, सरकार माग गर्नु भएको हो। त्यो सम्भव छैन,’ उनले भने। उनले कांग्रेसले उठाएको विषय कानुनसम्मत नरहेको जिकिर गरे। हरेक विषयमा छानबिन समिति बनाउँदै जाँदा सांसद समितिमा मात्र रहनुपर्ने अवस्था आउने उनको भनाइ छ।

उनले कांग्रेसले संसद्लाई बेकामे बनाउन खोजेको आरोप समेत लगाए। सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ।

प्रकाशित: ३० वैशाख २०८१ १६:३५ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast