एफए‌ कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

हिमाल प्रेस १३ जेठ २०८१ ७:०७ | Sunday, May 26, 2024
एफए‌ कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। म्यानचेस्टर सिटीलाई‌ शनिबार २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो।

गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। युनाइटेडलाई‌ शनिबार जित दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे। सिटीका जेरेमी डोकुले एक गोल फर्काए।

खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाए। ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो। गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन । खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे।

एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो। युनाइटेडको‌ यो १३ औं एफए कप उपाधि हो। आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ। यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ।

प्रकाशित: १३ जेठ २०८१ ७:०७ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast