एकल प्रदर्शनमा रहेका चापागाईंलाई शिक्षामन्त्रीले भेटिन्

हिमाल प्रेस ६ जेठ २०८१ ११:४३ | Sunday, May 19, 2024
एकल प्रदर्शनमा रहेका चापागाईंलाई शिक्षामन्त्रीले भेटिन्

काठमाडौँ- शिक्षा सुधारको माग गर्दै एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन्।

‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ चापागाईं एकल प्रदर्शनमा छन्।

प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन्।

चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ६ जेठ २०८१ ११:४३ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast