ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ विनियोजन

हिमाल प्रेस १५ जेठ २०८१ १५:४६ | Tuesday, May 28, 2024
ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ विनियोजन

काठमाडौं-  सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्। उनले हरित हाइड्रोजनको अनुसन्धान र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको पनि बताए।

अर्थमन्त्री पुनले कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइन निर्माण अघि बढाइने बताए। यस्तै, अर्थमन्त्री पुनले न्यु बुटवल अन्तरदेशीय प्रसारण लाइनको निर्माण पूरा गरिने बताए।

प्रकाशित: १५ जेठ २०८१ १५:४६ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast