उपाधिनजिक सिटी

हिमाल प्रेस २ जेठ २०८१ ७:२१ | Wednesday, May 15, 2024
उपाधिनजिक सिटी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लगातार चौथो पटकको उपाधि चुम्न प्रवल सम्भावना देखाएको छ।

मंगलबार राति टोटेनह्याम हटस्परलाई २ गोलले पाखा लगाएसँगै फेरि पनि उपाधि जित्ने सम्भावना कायम गरेको हो। यदि सिटीले यो उपाधि जित्छ भने लगातार ४ चोटी प्रिमियर लिग जित्ने कीर्तिमानी टोली मानिनेछ।

टोटेनह्याम हटस्पर स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २-० गोल अन्तरले स्तब्ध पारेको हो।

योसँगै एक खेल खेल्न बाँकी रहेको सिटीले ८८ अंक जोडेको छ। ३७ खेल नै खेलेको आर्सनलको ८६ अंक रहेको छ। सिटीले अन्तिम खेल १९ मेमा वेस्टह्यामसँग खेल्ने छ।

यस्तै, आर्सनलले एभर्टनसँग खेल्ने छ। पराजित टोटनह्यामले भने आगामी सिजन च्याम्पियन्स लिग खेल्ने मौका गुमाएको छ। टोनह्याम ३७ खेलबाट ६३ अंकसहित पाँचौँ स्थानमा छ।

समान खेल खेलेको एस्टन भिल्ला ६८ अंकसहित चौथो स्थानमा छ। खेलको ५१औँ मिनेटमा केभिन डी ब्रुएनाले मिलाइदिएको पासमा हाल्यान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई २-० को जित दिलाए।

प्रकाशित: २ जेठ २०८१ ७:२१ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast