आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी

हिमाल प्रेस ३० वैशाख २०८१ १७:०६ | Sunday, May 12, 2024
आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी

काठमाडौँ- शंकरदेव क्याम्पस प्रमुख डा. कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरूमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन्। आईतबार यहाँ पत्रकार सम्मेलन गरी उनीहरूले भ्रष्टाचार भएको भन्ने आरोपको खण्डन गरेका हुन्। शंकरदेव क्याम्पस प्रशासन र स्ववियुमाथि क्याम्पस प्रमुख, लेखाप्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको छ।

क्याम्पस प्रमुख डा आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको स्पष्ट गरे। उनले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै कामकारबाही पारदर्शी रहेको दाबी गरे।

स्ववियु अध्यक्ष सुशान्त बस्नेत र सचिव मदनराज उपाध्यायले केही समूहले क्याम्पस प्रशासन र लेखा प्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप झुटो भएको बताए। उनले स्ववियु निर्वाचनपछि आफूहरूले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको पनि बताए। रासस

प्रकाशित: ३० वैशाख २०८१ १७:०६ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast